श्रेणी : अन्तर्राष्ट्रिय
अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई आफ्नो उमेरभन्दा बढी अनपेक्षित सहयोगीको समर्थन प्राप्त भएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडन दोस्रो कार्यकालका लागि ‘धेरै बूढो’ नभएको बताएका छन् ।
सन् २०२४ को चुनावअघि बाइडेन ८२ र ट्रम्प स्वयं ७८ वर्ष पुग्नेछन् । राष्ट्रपतिका सम्भावित उम्मेदवारबारे एनबीसीको ‘मीट द प्रेस’लाई दिएको अन्तर्वार्तामा पूर्व राष्ट्रपति ट्रम्पले ‘समस्या उमेरको नभई क्षमता’को रहेको टिप्पणी गरेका हुन् । सर्वेक्षणले देखाएअनुसार दुई नेताबीचको उमेरको अन्तर सानो भए पनि अमेरिकीहरू बाइडेनको उमेरको बारेमा बढी चिन्तित छन् ।
एक सर्वेक्षणले सहभागी चारमध्ये तीन जनाले बाइडेनको दोस्रो कार्यकाल टिक्न सक्ने क्षमतामा शङ्का गरेको देखाएको छ । ट्रम्पले दोस्रो सबैभन्दा वृद्ध राष्ट्रपतिको रूपमा आफ्नो कार्यकाल समाप्त गरेका थिए ।
अमेरिकी इतिहासमा सफल राष्ट्रपति रोनाल्ड रेगन आफ्नो कार्यकालको अन्त्यमा ७७ वर्षको थिए । ट्रम्पले आफ्नो उमेरले आफूलाई कुनै सरोकार नराख्ने बताउँदै आफ्ना आमाबाबुको आयु लामो रहेकाले आफ्नो उमेर दीर्घ हुनु स्वभाविक भएको बताए ।
प्रतिक्रिया