वीरगन्ज :

बहुदरमाई नगरपालिका कार्यालयमा ताेडफाेड र आगजनी गर्ने माथि कारवाहीकाे माग

श्रेणी : मधेस

10 months
Pradeep Sah
2.5kViews
1215 Shares

वीरगंज । पर्साका बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेलीले नगरपालिका कार्यालयमा ताेडफाेड र आगजनी गर्ने र गराउने माथि कारवाहीकाे माग गरेका छन् ।

बहुदरमाई नगरपालिकाकाे कार्यालयमा गत शुक्रबार ताेडफाेड तथा आगजनी भएकाे थियाे । नगरपालिकाकाे कार्यालयमा भएकाे ताेडफाेड र आगजनीले अनुमानित ९६ लाख बराबरकाे क्षति भएकाे मेयर तेलीले जानकारी दिए ।

मेयर तेलीले साेमबार वीरगंजमा पत्रकार सम्मेलनकाे आयाेजना गरि नगरपालिका कार्यालयमा भएकाे ताेडफाेड तथा आगजनीकाे घटनामा संलग्न जाेकाेही माथि पनि कारवाही गर्न प्रहरी प्रशासनसंग माग गरेका हुन् ।

उनले नगरपालिकाका कर्मचारीहरुलाई उक्साएर आन्दोलन गराउने प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाको गतिविधिले गर्दा अख्तियारी नदिएको बताए ।

नगरपालिका अन्तर्गत १८ वटा विद्यालय रहेकोमा १७ वटा विद्यालय सञ्चालनमा रहेको बताउँदै डकैला बहुअरीको एउटा विद्यालयका शिक्षकहरु राजनीति गरेर विद्यार्थीहरुलाई उक्साएको मेयर तेलीको आरोप छ । कहीबाट सञ्चालित तत्वहरुले नगरपालिकालाई बदनाम गर्ने षड्यन्त्र गरेको मेयर तेलीको भनाई छ ।

उनले नगरपालिकाकाे कार्यालयमा भएकाे ताेडफाेड र आगजनीकाे घटनाकाे भर्त्सना गर्दै नगरपालिकामा सृजित समस्याकाे समाधान गरिदिन सम्बन्धित निकायसंग माग समेत गरे । मेयर तेलीले भने “आफुले गृह जिल्ला कै संघिय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्तासंग बारम्बार समस्या समाधान गरिदिन आग्रह गर्दा पनि समस्या समाधान गर्न सक्नु भएकाे छैन ।”

उनले हाल नगरपालिकामा रहेका प्रमुख प्रशासकिय अधिकृत शेरे मुस्तुफासंग काम गर्न विश्वासकाे वातावरण नरहेकाेले अर्काे जुनसुकै प्रमुख प्रशासकिय अधिकृत पठाइदिन मैले बारम्बार मन्त्रालय मै पुगेर आग्रह गरेकाे छुं । तर उहाँले अर्काे प्रमुख प्रशासकिय अधिकृत नपठाइदिदा यस्ताे अवस्था आएकाे छ ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे पत्रकार सम्मेलनमा वडा नं. ६ का वडाध्यक्ष प्रमाेद प्रसाद साह, वडा नं. ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादव लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे सरुवा विषयलाई लिएर दुई चिरामा जनप्रतिनिधिहरु विभाजित भएका छन् । नगरपालिकाकाे नगर सभा भएपनि खाता संचालन नहुँदा नगरपालिकाका अन्तर्गतका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीहरुले ६ महिनादेखि तलब समेत खान पाएका छैनन् । यसका साथ साथै नयाँ आर्थिक मसान्तदेखि नै विकास निर्माणकाे काम समेत प्रभावित भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *