वीरगन्ज :

बहुदरमाई नगरपालिकाको प्रमुख अधिकृतमा रामविनय कुमार सिंहले सम्हाले कार्यभार

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.8kViews
1214 Shares

बीरगन्ज,०५ फागुन । पर्साको बहुदरमाई नगरपालिकामा विवाद सुल्झिएपछि रामविनय कुमार सिंहले प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सोमबारदेखि सम्हालेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तुफाको सरुवा गरेपछि सिंहको नियुक्ति गरिएको हो।

नगरपालिकामा मेयर सिंगासन साह तेली, उपमेयर शुष्मा कुशवाहा, वडाअध्यक्षहरू र कार्यपालिका सदस्यहरूले सिंहलाई टिका माला लगाएर स्वागत गरेका छन्।

सिंहका बारेमा भनिएको छ कि उनले पहिले जिल्ला शिक्षा कार्यालयमा काम गर्दा आर्थिक अनियमितता र हिनामिना गरेको आरोप खेपेका थिए, र यस कारण उनी निलम्बनमा परेका थिए। तथापि, संघीय मामिला मन्त्रालयले उनको विवादास्पद इतिहासलाई बेवास्ता गर्दै बहुदरमाई नगरपालिकामा सरुवा गरेको छ।

यसअघि, मेयर तेली र मुस्तुफासँग तालमेल नहुँदा नगरपालिकामा कार्यप्रणालीमा विघ्न र कर्मचारीहरूलाई तलब नपाउने समस्याहरु उत्पन्न भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *