वीरगन्ज :

बस र स्कारपियो एकआपसमा ठोक्किँदा दुर्घटना मानवीय क्षति भएन

श्रेणी : दुर्घटना

2 months
Pradeep Sah
1.6kViews
1189 Shares

रौतहट,२९ साउन । गौर–चन्द्रपुर सडकखण्डअन्तर्गत यमुनामाई गाउँपालिका–५ स्थित इद्रिश गेट नजिक बुधबार दिउँसो बस र स्कारपियो एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।

प्रहरीका अनुसार चन्द्रपुरबाट गौरतर्फ जाँदै गरेको ना ४ ख ५३१८ नम्बरको बस र गौरबाट उत्तरतर्फ गइरहेको प्रदेश २–०३–००१ व ६०४१ नम्बरको स्कारपियो आमनेसामने ठोक्किँदा दुवै सवारीमा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता प्रहरी निरीक्षक रुद्र कँडेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। बस र स्कारपियोमा सवार सबै सकुशल रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *