वीरगन्ज :

बसरुद्दिन सुपुत्रले गरेको ‘युवती दुर्व्यवहार’ काण्ड पावर र पैसाको बलमा दबाइयो

बसरुद्दिन सुपुत्रले गरेको ‘युवती दुर्व्यवहार’ काण्ड पावर र पैसाको बलमा दबाइयो

श्रेणी : BANNER

2 years
Pradeep Sah
9Views
0 Shares

वीरगंज (पर्सा), २७ फागुन / नेशनल मेडिकल कलेज सञ्चालक परिवारका युवाहरूले गरेको युवती दुर्व्यवहारको काण्डलाई पावर र पैसाको बलमा दबाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजको घटना स्थलको फोटो र भिजुअल समेत मगाएको थियो । तिनमा युवतीसँग दुर्व्यवहार गरको प्रत्यक्ष देखिएको छ । घण्टाघर नजिकै रहेको इन्फिनिटी रेष्टुरेन्टको सिसि क्यामरामा युवती लडेको, दुर्व्यवहार गर्नेहरूले लडाएको सबै फोटोहरू देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
उनले भने, ‘पहिलो दिन भन्दा दोश्रो दिन पीडितको नै कुरा फेरिएको छ । उनले नै होलीको दिन बियर खाएकोले गल्ती हुन गएको भन्दै जाहेरी दिन अस्वीकार गरेपछि मुद्दा दर्ता नगरिएको हो । ’
वीरगंजको गहवा निवासी पीडिताकी आमा नेशनल मेडिकल कलेजमै काम गर्ने कर्मचारी भएकोले पनि अन्सारी परिवारले ‘जागिर र पैसा’ को बलमा दुर्व्यवहारको मुद्दालाई दबाउन सफल भएको प्रहरी श्रोतको दाबी छ । बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साले ६ जना विरुद्ध प्रहरीसँगको अभद्र व्यवहारको मुद्दा दर्ता गरेको छ । नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसुरुद्दिन अन्सारीका छोरा २५ वर्षीय जाँहगिर अन्सारी सहित ६ जना विरुद्ध अभद्र व्यवहारको मुद्दा प्रहरीले दर्ता गरेको हो । जसमध्ये ५ जना प्रबन्ध निर्देशक अन्सारीका आफन्तहरू नै छन् । युवतीसँग दुर्व्यवहार गरेको आरोपमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीको छोरा सहित ६ जनालाई पर्सा प्रहरीले रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरेको थियो ।
वीरगंज आदर्शनगरमा न्यूज २४ ले आयोजना गरेको होली हंगामा कार्यक्रम सकेपछि युवती आफ्ना साथीसँगै घण्टाघर नजिकैको इन्फिनिटी रेष्टुरेन्टका खाजा खान पसेका थिए । त्यहाँबाट निस्कने बेलामा प्रबन्ध निर्देशक बसुरुद्धिन अन्सारीका छोरा लगायतका युवाहरूले युवतीसँग गरेको दुर्व्यवहारदेखि लडेको, लडाएको फोटोहरू रेष्टुरेन्टको सिसि क्यामरामा स्पष्ट रुपले देखिएको छ । दुर्व्यवहारलाई लिएर भएको होहल्ला पछि पुगेको प्रहरीले बसरुद्दिन अन्सारीको छोरा सहितको युवा टोलीलाई सम्झाउन खोज्दा उल्टै उनीहरू प्रहरी माथि जाइलागेका थिए ।
स्थिति अराजक बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट थप प्रहरी पुगेर सबैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । युवतीसँग दुर्व्यवहार गरेको भनिए पनि युवतीले नै दुर्व्यवहार नगरेको प्रतिक्रिया दिएको प्रहरी प्रवक्ता गिरीको भनाई छ । होहल्ला किन गरेको भनेर बुझ्न खोज्दा प्रहरीलाई नै अभद्र व्यवहार गरेपछि अन्सारी सहित २४ वर्षीय आदित्य गिरी, ३२ वर्षीय फिरोज अन्सारी, ३१ वर्षीय अल्फाज अन्सारी, २७ वर्षीय तारीक अन्सारी र २४ वर्षीय आशिष साह माथि प्रहरीले मुद्दा दर्ता गरेको छ ।
घटनाको वास्तविकता नै फेरिएर कमजोर मुद्दा दर्ता भएपछि थुनामा रहेका छोरालाई शुक्रबार नै छोडाउने योजनामा मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी लागेका छन् । एमालेका स्थानीय नेता पुर्व प्रधानमन्त्री केपि ओली नजिक समेत रहेका अन्सारी पैसा र पावरको बलमा शुक्रबार जसरी पनि आफ्नो छोरालाई छुटाएर देखाई दिने आसेपासेसँग भन्दै हिँडेको बताइएको छ । बसरुद्दिन अन्सारीका छोरा जहाँगिर अन्सारी सहित ६ जना माथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिन म्याद थप गराएर अनुसन्धान सुरु गरेको छ । रकेटको गतिमा फाइल अघि बढाएर भएपनि छुटाउने तयारीमा अन्सारी लागेको प्रहरी श्रोतको भनाइ समेत रहेको छ । साभारः वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *