वीरगन्ज :

बसको ठक्करबाट महिलाको मृत्यु

श्रेणी : प्रदेश

4 weeks
Pradeep Sah
2.9kViews
1227 Shares

दाङ,२५ पुस । तुलसीपुरको बसपार्कमा बसको ठक्करबाट एक महिलाको मृत्युको विषयलाई लिएर पीडित पक्षले दिउँसो २ बजेदेखि बजार तथा यातायाता बन्द गराएका छन्।

आक्रोसित स्थानीयले तुलसीपुरको वीरेन्द्र चोक लगायतका स्थानमा टायर बालेका छन्।

त्यसअघि उनीहरू इलाका प्रहरी कार्यालय तुलसीपुरमा घेरा गर्न गएका थिए। छलफल चल्दाचल्दै कुरा नमिल्ने भन्दै उनीहरू वार्ताबाट निस्किएको एक प्रहरी अधिकारीले बताए।

आन्दोलनमा उत्रिएकाहरूलाई फेरि प्रहरीले सम्झाइबुझाइ गरी वार्तामा लैजाने प्रयास गरिरहेको छ।

तुलसीपुर उपमहानगरपालिका–५ की ३९ वर्षीया तिर्सना घर्ती मगरको बुधबार दिउँसो पौने २ बजेतिर तुलसीपुर बजारबाट बसपार्क जाँदै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट मृत्यु भएको थियो।

पीडित पक्षले चालकले लापरबाहीपूर्वक बस हाँकेको हुँदा बाटो काट्दै गरेकी मगरको मृत्यु भएको दाबी गर्दै आएका छन्।

उनीहरूले घटनाको उचित छानबिन र दोषी चालकमाथि कारबाही हुनुपर्ने माग गर्दै आएका छन्।

सोही विषयलाई लिएर यसअघि पीडित पक्ष, यातायात समिति र प्रहरी प्रशासनका बीचमा छलफलको प्रयास भएको थियो।

बिहीबार बिहान प्रहरीले सिसिटिभी फुटेजहरू निकालेर दुर्घटनाको अध्ययन गरेको थियो। फुटेजमा बस चालकले नै चलाएको पाइएको प्रहरी अधिकारीहरूले बताएका छन्।

‘सिसिटिभी फुटेज अध्ययनबाट बस चालकले नै चलाएको स्पष्ट खुल्छ,’ एक प्रहरी अधिकारीले भने, ‘उहाँहरू बस अर्कैले चलाएको थियो भन्ने दाबी गर्दै आउनुभएको छ।’

घटनाको उचित अध्ययन र विश्लेषण गरी दोषी देखिए चालकलाई सोही अनुरूप कानुनी कारबाहीका लागि मुद्दा चलाउने प्रहरीले पीडित पक्षलाई बताउँदै आएको छ।

बस चालक तुलसीपुर–६ का ४२ वर्षीय खिमराज वली प्रहरी नियनन्त्रणमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *