वीरगन्ज :

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
2.3kViews
1591 Shares

काठमाडौं,२ पुस, । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१ रातो पुलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख २७२९ नम्बरको बसले गएराति १२ः५० बजे ठक्कर दिँदा अन्दाजी ४५/५० वर्षको पुरुषको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा बर्दिबास अस्पतालमा राति साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तु जैसवालले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।

डिएसपी जयसवालका अनुसार पैदलयात्रुलाई ठक्कर दिएपछि नरोकी गन्तव्यतर्फ गइरहेको बसलाई सिरहाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । बस चालक धादिङको थाक्रे गाउँपालिकाका राजेन्द्रप्रसाद प्याकुरेललाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आज बिहान पाँच बजे महोत्तरी ल्याइपुर्‍याइएको र थप अनुसन्धान भइरहेको डिएसपी जैसवालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *