वीरगन्ज :

बसको ठक्करबाट एकै परिवारका तीन जना गम्भीर घाइते

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
2.1kViews
1175 Shares

जनकपुर,०७ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१३ मा विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुरका एकै परिवारका तीन जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार, उदयपुर त्रियुगा नगरपालिका–६, देउरीका ४० वर्षीय किरण थापा, उनकी २५ वर्षीया श्रीमती सुधा घिमिरे थापा, र ११ वर्षीया छोरी शैलजा कुमारी थापा घाइते भएका छन्। बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

बा १८ प ८३२५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको प्र २–०१–००१ प ७९ नम्बरको संकल्प विद्या आश्रमको बसले ठक्कर दिएको थियो। घटनामा गम्भीर घाइते भएका तीनै जनालाई लहान प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ।

घटनामा संलग्न बसका चालक दिपेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय लहानका प्रमुख, प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले दुर्घटनाबारे अनुसन्धान भइरहेको बताए।

घाइते किरण थापा सिरहाको मिर्चैया नगरपालिकास्थित स्वस्तीक पाठशालामा लेखापालका रूपमा कार्यरत थिए। दुर्घटना उनी घर फर्किने क्रममा भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *