वीरगन्ज :

बलात्कार मुद्दामै ९ वर्षका लागि परेका थिए जेल, भागेको भोलिपल्टै अर्को बलात्कार प्रयास

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.5kViews
1309 Shares

काठमाडौं,२६ भदाै । कारागारबाट भागेका एक कैदी भोलिपल्टै फेरि अपराधमा मुछिएका छन् । जेनजी आन्दोलनको फाइदा उठाउँदै कारागारमा तोडफोड र आगजनी गर्दै फरार भएका कन्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनार फेरि बलात्कारकै प्रयास गरेको आरोपमा पक्राउ परेका छन् । ए

क महिलालाई बलात्कारको प्रयास गरेपछि स्थानीयले सुनारलाई पक्राउ गरेर प्रहरीमा बुझाएका हुन् । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख तथा एसपी खडकबहादुर खत्रीका अनुसार, स्थानीयले पक्राउ गरेर बुझाएका उनलाई अहिले कारागारमा राखिएको छ । सुनारले दोधाराचाँदनीकी ५० वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोप छ । बुधबार खाना खाएर सुतेकी ती महिलालाई सुनारले जबरजस्ती गर्न खोजेका थिए ।

त्यसपछि ती महिला चिच्याएकी थिइन् । महिला कराएपछि सुनार भागेका थिए । भाग्दै गरेका उनलाई स्थानीयले लखेट्दै केही पर पुर्‍याएर खेतबाट नियन्त्रणमा लिएका थिए । त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय दोधारामा बुझाइएको थियो । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता सागर बोहराका अनुसार कन्चनपुर कारागारमा ४७९ कैदीबन्दी थिए । तीमध्ये २१ जना बाहेक सबै कैदीबन्दी फरार भएका थिए ।

यसरी फरार हुनमध्ये एक थिए, सुनार पनि । उनै सुनार अहिले फेरि अर्को अपराध गरेको आरोपमा जेलभित्र छन् । सुनार यसअघि पनि बलात्कै कसुरमा जेल परेका व्यक्ति रहेको बोहराले बताए । एक महिलालाई बलात्कार गरेको घटनामा उनलाई अदालतले दोषी ठहर गरेको थियो । बलात्कारको कसुरमा सुनारलाई ९ वर्ष कैद सजाय तोकिएको थियो । पछिल्लो दुई वर्षदेखि उनी कारागारमा कैद भुक्तान गर्दै थिए । यही क्रममा भागेका उनी फेरि पहिलाकै जस्तो बलात्कार प्रयासको आरोपमा पक्राउ परका हुन् ।

कारागारबाट भागेकामध्ये अहिले ४५ जना पक्राउ परेर कारागार फिर्ता भइसकेका छन् । अहिले भने कारागारमा ६६ जना कैदीबन्दी रहेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *