
श्रेणी : BANNER
2.0kViews
1032
Shares
जनकपुर,३० भदाै । बलात्कार मुद्दामा मुछिएका जनमत पार्टीका केन्द्रीय सचिव बिशेश्वर प्रसाद (बीपी) साहलाई पार्टीले पदबाट निलम्बन गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक इन्जिनियर नरेन्द्र प्रसाद चौधरीले सोमबार विज्ञप्ति जारी गर्दै साहलाई अनुसन्धान पूरा नभएसम्म सचिव पद मात्र होइन, साधारण सदस्यताको अधिकारसमेत निलम्बन गरिएको जानकारी दिएका छन्।
अनुशासन समितिले दिएको जानकारीअनुसार २०८१ चैत्र ३१ गते साहविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको थियो। त्यससम्बन्धी सूचना जिल्ला प्रहरी कार्यालय धनुषाले गत भदौ ५ गते सार्वजनिक गरेको हो।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिले साहलाई सात दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको छ।


प्रतिक्रिया