वीरगन्ज :

बलात्कार आरोपमा पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

श्रेणी : BANNER

17 hours
Pradeep Sah
1.6kViews
1092 Shares

काठमाडौं,१४ चैत । नेकपा एमालेका पूर्व संविधानसभा सदस्य कर्णबहादुर मल्ल लाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार मल्ललाई शनिबार ललितपुर महानगरपालिका–१५ बाट नियन्त्रणमा लिइएको हो। उनी हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ मा बस्दै आएका थिए।

मल्लविरुद्ध एक महिलाले बलात्कारको आरोपसहित उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। सोही उजुरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई पक्राउ गरेको हो।

पीडित महिलाले फागुन ५ गते उजुरी दर्ता गरेकी थिइन्। उनी केही समयअघि न्याय माग्दै माइतीघर मण्डलामा अनशनमा समेत बसेकी थिइन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *