वीरगंज (पर्सा), १८ वैशाख । पुर्पक्षमा रहेका व्यक्तिहरू छुटाईदिन्छु भनी रकम लिने एक जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
वीरगंज कारागारमा रहेकाे दुई जनालाई छुटाईदिन्छु भनी रु १७ लाख ठगि गर्ने बाराकाे कलैया उप-महानगरपालिका वडा नं.२३ बैराठपुर निवासी २५ बर्षिय सहदेव पटेललाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।
अपहरण शरिर बन्धक तथा जबरजस्ती करणी कसुर मुद्दाको पुर्पक्षको लागि कारागार कार्यालय पर्सा बीरगंजमा रहेका व्यक्तिलाई छुटाईदिन्छु भनी रू.१० लाख र अर्को जबरजस्ती करणी कसुर मुद्दाको पुर्पक्षमा रहेको व्यक्ति छुटाईदिन्छु भनी रू.७ लाख समेत लिएर ठगी गरेकाे आरोपमा पुर्पक्षमा रहेका व्यक्तिहरूको आफन्तहरुले दिएको जाहेरीको आधारमा पक्राउ गरिएकाे सुचना अधिकारी न्याैपानेले वताए
पक्राउ परेका पटेल विरुद्ध जिल्ला अदालत बारामा ठगी मुद्दा दर्ता गरी थप गरी अनुसन्धान कार्य भई रहेको न्याैपानेले वताए ।
साथै यस्ता किसिमका ठगी अन्य व्यक्तिहरूसंग पनि हुनसक्ने भएकोले ठगीमा पर्नु भएका व्यक्तिहरूले यस जिल्ला प्रहरी कार्यालय, बारामा सम्पर्क गरी जाहेरी दरखास्त दिन समेत उनले प्रेस विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।
प्रतिक्रिया