वीरगन्ज :

बर्दियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
1.6kViews
1818 Shares

बर्दिया,०७ वैशाख । बर्दियाको मधुवन नगरपालिका–३ मा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मधुवन–२ की जानकु थारुले चलाएको बा ८९ प ३८६९ नम्बरको मोटरसाइकल ओराली बजार हुँदै ढोढरीतर्फ जाँदै गर्दा हुलाकी सडकखण्डमा अनियन्त्रित भई सडकको पोलमा ठोक्किएको थियो।

गम्भीर घाइते भएकी थारुलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी भूपेन्द्र शाहीले बताए।

– Advertisement –

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *