
श्रेणी : अपराध
जनकपुर,०८ जेठ । भारतको सीमा क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने क्रममा प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। बुधबार बढैयाताल गाउँपालिका–३ तमौलीपुर नजिकबाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा अछामको कमल बजार नगरपालिका–५ का २३ वर्षीय दीक्षित तिमिल्सेना, बाँकेको खजुरा गाउँपालिका–६ का २५ वर्षीय दीपक सिजाली मगर र महेशराम घिमिरे रहेका छन्। उनीहरू भे १२ प ६६६३ नम्बरको मोटरसाइकलमा भारतको बलैगाउँबाट नेपालतर्फ आउँदै थिए।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डिएसपी चक्र डम्बर पालका अनुसार, चेकजाँचका क्रममा उनीहरूबाट ८७० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको हो।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया