वीरगन्ज :

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
1.8kViews
1512 Shares

बर्दिया,२८ पुस । बर्दियामा बाघको आक्रमणले ४० वर्षीय पदमकला थापाको ज्यान गएको छ। ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी थापा बकुवा सामुदायिक वन छेउमा बाख्रा चराउने क्रममा बाघको शिकार भएकी हुन्।

बाघले थापालाई आक्रमण गरी जङ्गलभित्र तानेर लगेपछि स्थानीयवासी, प्रहरी, सेना र राष्ट्रिय निकुञ्जको टोलीले खोजी थालेका थिए। टोली पुग्नेबित्तिकै बाघले शव त्यहीँ छोडेर भागेको थियो।

घटनापछि स्थानीयवासीले बाघलाई नियन्त्रणमा लिन र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। माग पूरा नभएसम्म शव नउठाउने अडानमा स्थानीय रहेका छन्।

बाघलाई नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन गरिएको छ। तर सामुदायिक वन क्षेत्रमा आक्रमण भएकाले क्षतिपूर्तिको विषय अन्योलमा छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दिया प्रमुख अजित तुम्बाहाम्फेका अनुसार, साउनयता बर्दियामा हात्ती, गैंडा र पाटेबाघको आक्रमणबाट तीन जनाको ज्यान गइसकेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *