वीरगन्ज :

बर्दिबासमा ट्रक र अटो ठोक्किँदा एकको मृत्यु, दुई घाइते

श्रेणी : प्रदेश

2 weeks
Pradeep Sah
2.1kViews
1422 Shares

महोत्तरी,२३ असार । बर्दिबासमा ट्रकमा अटो ठोक्किँदा एकजनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्मृतिपार्कस्थित सडकमा ना६ख २२५१ नम्बरको ट्रकमा प्र.२–०२–००१ ह ०२८३ नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा अटोमा सवार भारत मोतियारी जानपुर–४ का ५५ वर्षीय श्रीपुजन गुप्ताको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गम्भीर घाइते भएका उनको जनसेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आइतबार राति भएको दुर्घटनामा घाइते भएका अटो चालक र अटोमा सवार अन्य १ जनाको उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *