श्रेणी : समाचार
      94Views
      
      
      0
      Shares
      
      
काठमाडौं । भदौ ७ गते 
बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको बन्दकर्ताहरुले काठमाडौंको कोटेश्वरमा दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् ।कोटेश्वरको आकाशे पुल नजिक बा.४ ख ९३९४  नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडी बा।३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ । 
माइक्रोबसको अगाडीको भागको सिसा फुटेको छ । बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले गाडी तोडफोड गरेको बताइएको छ । बस तोडफोड गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पठाओ चढेर आएका युवकले बस तोडफोड गरेका हुन् ।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया