वीरगन्ज :

बझाङमा भूकम्पपछि कतै पहिरो, कतै घरहरुमा क्षति

श्रेणी : BANNER

2 years
birgunj report
19Views
0 Shares

सुदूरपश्चिम । सुदूरपश्चिममा मंगलबार दिउँसो दुई पटक गएको भूकम्पबाट बझाङमा क्षति भएको छ । जिल्लाको तलकोट र चैनपुर आसपास क्षेत्र केन्द्रबिन्दु बनाएर गएको भूकम्पले घर तथा विद्यालयमा क्षति पुगेको हो ।

भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकामा सरकारी कार्यालय, विद्यालय र घरहरु भत्किएका छन्। यस्तै जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटोसमेत अवरुद्द भएको बताइएको छ । यस्तै अहिलेसम्म आंशिक क्षति भएपनि मानवीय क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ र दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प गएको हो ।

तस्बिरः ऐन महरको फेसबुकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *