वीरगन्ज :

बजेटमा वीरगंजसंग पुन: विभेद भयाे : मेयर सिंह

श्रेणी : BANNER

11 months
Pradeep Sah
2.3kViews
1655 Shares

वीरगंज । अगामी आर्थिक बर्ष २०८१/०८२ बजेटमा वीरगंजसंग विभेद भएकाे वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वताएका छन् ।

बजेट भाषणपछि संचारकर्मीहरुसंग कुरा गर्दै मेयर सिंहले संघिय सरकारले ल्याएकाे अगामी बर्षकाे बजेटमा वीरगंजसंग विभेद गरिएकाे आराेप लगाएका हुन् । उनले बजेट भाषणमा वीरगंजकाे नारायणी अस्पतालाई ५ सय सैयाकाे बनाइने वाहेक केही नसुनिएकाे वताए ।

उनले बन्द रहेकाे कारखाना संचालनकाे विषयमा वीरगंजकाे चिनि कारखाना, कृषि औजार कारखानाकाे बारैमा कतै नसुनिएकाे वताए । मेयर सिंहले त्यती मात्र हाेइन जिर्ण बनेकाे वीरगंजकाे नारायणी रंगशाला निर्माणकाे लागि पनि सरकारले बजेट नछुट्याएकाे वताउँदै दुख ब्यक्त गर्दै विगतकाे बर्ष झै अगामी बर्षकाे बजेटमा पनि वीरगंजसंग विभेद गरिएकाे वताए ।

वीरगंज कै स्वास्थ्य तथा जनसंख्या मन्त्रीले अगामी बर्षकाे बजेटमा नारायणी अस्पतालकाे लागि एक अर्बकाे बजेट आउने वताएपनि सरकारले बजेट नछुट्याएकाे प्रश्नकाे जवाफमा मेयर सिंहले त्याे मन्त्री जीकाे व्यक्तिगत बिषय भएकाेले उहाँले मन्त्रालयकाे बजेटबाट छुट्याउने भने विश्वा व्यक्त गरे । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *