
श्रेणी : अन्तर्राष्ट्रिय
14Views
0
Shares
बङ्गलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका सचिव मोहम्मद जहाँगीर आलमले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिएका हुन् ।
देशको संविधानले एक व्यक्तिलाई बढीमा दुई कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेकोले वर्तमान राष्ट्रपति अब्दुल हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने पत्रकार सम्मेलनमा उनले बताए ।
देशको संविधानले एक व्यक्तिलाई बढीमा दुई कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेको जानकारी दिए । हमिदको कार्यकाल २४ अप्रिलमा समाप्त हुँदैछ । राष्ट्रपति निर्वाचनको कार्यतालिका चाँडै घोषणा गरिने आलमले बताए ।

प्रतिक्रिया