वीरगंज (पर्सा), ७ मंसिर । वीरगंज महानगरपालिका वडा नम्बर २८ बगहीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले आइतबारदेखि २४ घण्टे आकस्मिक स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । यसअघि स्वास्थ्य केन्द्रले केवल कार्यालय समयमा मात्र उपचार सेवा प्रदान गर्दै आएको थियो । तर अब अस्पतालले आपतकालीन अवस्थाका लागि पनि दिन–रात सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
सेवा विस्तारको औपचारिक शुभारम्भ वीरगंज महानगरपालकिाका मेयर राजेशमान सिंहले बगही प्राथमिक स्वास्थ्य केन्द्र पुगेर गरेका छन् । मेयर सिंहले कार्यक्रमका क्रममा स्वास्थ्य क्षेत्रको विस्तार र स्तरोन्नत्ती महानगरपालिकाको प्राथमिकतामा रहेको बताए । उनले थपे, बगही स्वास्थ्य केन्द्रमा २४ घण्टे आकस्मिक उपचार सेवा सुरु भएपछि बगही तथा वरपरका हजारौँ नागरिकले आपतकालीन अवस्थामा अन्यत्र धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधकिृत अरबन्दिलाल कर्ण, वडा अध्यक्ष सर्युग महतो धानुक लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो । यस सेवा विस्तारले बगही क्षेत्रका नागरिकका लागि स्वास्थ्य पहुँचमा ठूलो सुधार ल्याएको छ । दिन–रात आपतकालीन उपचार सुवधिा उपलब्ध गराएपछि स्थानीय जनताको जीवन र स्वास्थ्य सुरक्षामा वृद्धि हुनेछ ।

प्रतिक्रिया