वीरगन्ज :

बकर इदले सांस्कृतिक एकता र विकासमा टेवा पुर्‍याउँछ: अध्यक्ष उपेन्द्र यादव

श्रेणी : धर्म संस्कृति

3 weeks
Pradeep Sah
1.8kViews
1963 Shares

जनकपुर,२४ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अज्हा) ले नेपालको सांस्कृतिक समृद्धि, सहिष्णुता र विविधताभित्रको एकतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना दिँदै अध्यक्ष यादवले नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देशमा इस्लाम धर्मले आपसी सद्भाव, सहिष्णुता र एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे।

उनले भने, “धार्मिक तथा सांस्कृतिक सहअस्तित्वमार्फत हाम्रो मौलिक पहिचानको रक्षा तथा प्रबर्द्धन सम्भव छ। बकर इदजस्ता पर्वहरूले सामाजिक एकता, आपसी सम्मान र सहकार्यलाई बढावा दिन्छन्।”

अध्यक्ष यादवले पर्वको सुखद अवसरमा शान्ति, समृद्धि, सद्भाव र सामाजिक सहिष्णुताको वातावरण निर्माणमा सबै धर्म, सम्प्रदाय र समुदायले समान योगदान दिनुपर्ने कुरामा जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *