वीरगन्ज :

फेसबुक र इन्स्टाग्राममा ट्रम्पको निलम्बन फुकुवा

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
22Views
0 Shares

फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने प्रविधि कम्पनी मेटाले पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई दुई वर्षअघि गरिएको निलम्बन फुकुवा गर्ने घोषणा गरेका छन् ।

उक्त घोषणासँगै ट्रम्पले ती सामाजिक सञ्जालमा फर्किन पाउनेछन् । मेटाका अनुसार निलम्बन आगामी साताहरूमा समाप्त हुनेछ ।

विज्ञप्ति जारी गरी मेटाका उच्च अधिकारी निक क्लेगले जनताले उनीहरूका राजनीतिज्ञहरूले के भनिरहेका छन् भन्ने सुन्न पाउनुपर्ने बताएका छन् ।

सन् २०२१ मा अमेरिकी संसद् भवन क्यापिटलमा दङ्गा भएपछि राष्ट्रपति ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामबाट अनिश्चितकालका लागि निलम्बन गरिएको थियो।

क्यापिटल दङ्गामा संलग्न व्यक्तिहरूको ट्रम्पले प्रशंसा गरेका कारण त्यस्तो कारबाही गरिएको क्लेगले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *