वीरगन्ज :

फेरि नागरिकता विधेयक रोके सडक र सदनबाट आन्दोलन सुरु गर्ने जसपाको चेतावनी

श्रेणी : समाचार

2 years
birgunj report
8Views
0 Shares

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले कुनैपनि खेलबाट नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष शुरु चेतावनी दिएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद यादवले आवाजबिहीनको आवाज नसुने आफ्नो पार्टीले संघर्ष सुरु गर्ने चेतावनी दिएका हुन् । उनले जन्मसिद्ध नागरिकको सन्तानहरु नागरिकता नपाएर रुँदै आएको भन्दै उनीहरुको लागि न्याय कहिले दिने भन्दै प्रश्न गरे ।

उनले भने, ‘जन्मसिद्ध नागरिकको सन्तानका आवाज कसले सुनिदिने ? रुँदै आउँछन् उनीहरु । उनीहरुको लागि न्याय दिने आज कोही छैन । यही न्यायको मन्दिर हो नि । म यो सरकारलाई चेतावनी दिन चाहन्छु, अब कुनै खेलले नागरिकता विधेयक रोक्ने ढिलो गर्ने प्रयास भयो भने जनता समाजवादी पार्टी सडक र सदनबाट संघर्ष गर्छ ।’

सांसद यादवले संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबिहीन अवस्थामा राख्नु बिडम्वनापूर्ण भएको बताए । उनले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिँदा नागरिकताको अध्यादेश सर्वोच्च अदालतले रोकेको बताए ।

उनले भने, ‘संसद्ले नागरिकता विधेयक पास गर्छ, राष्ट्रपतिजीले विधेयक रोक्छिन्। यो मुसा-बिरालोजस्तो छक्क्याउने खेल कहिलेसम्म ?’ उनले राष्ट्रपतिको ‘भिटो’ अधिकारबारे संसदमा छलफल गर्न समेत माग गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *