श्रेणी : BANNER
वीरगंज (पर्सा), २६ वैशाख । बारा जिल्लाको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले आफू चोखो रहेको देखाउन विभिन्न प्रपञ्च रच्ने कार्यलाई अहिलेसम्म छाडेका छैनन् । अध्यक्ष अन्सारी र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंहले पालिकाको बजेटमा गरेको भ्रष्टाचारबारे सामाचारहरु प्रकाशन भएपछि अध्यक्ष र अधिकृतले पत्रकार सम्मेलन नै गरे । तर पत्रकार सम्मेलनमा पुगेका सञ्चारकर्मीहरुले सन्तोषजनक जवाफ एवं प्रमाण नपाएपछि पालिकालाई चोख्याउने समाचार कसैले लेखेन । बरु सञ्चारकर्मीहरुले अध्यक्ष र अधिकृतले गरेको कर्तुतलाई पुनः दोश्रो पटक बाहिर ल्याइयो ।
यहाँसम्म कि अधिकृतले केही सञ्चारकर्मीहरुलाई प्रलोभनमा समेत पारे, १ लाखको विज्ञापन दिने प्रलोभन देखाए, र केहीलाई ५० लिटर इन्धनको कुपन पनि दिए । तर ति सञ्चारकर्मीले अध्यक्ष र अधिकृतको हिसाबले समाचार प्रकाशन गरेनन् । पत्रकार सम्मेलनमै अध्यक्ष र अधिकृतले पालिकाले चलाएको योजनाहरुको पारदर्शि प्रमाण देखाउन नसकेपछि अध्यक्ष र अधिकृतको कार्यशैली झन पुष्टि भयो । यतिले नपुगेपछि अध्यक्ष अन्सारीले वीरगंजका युटुबर, फुसबुके पत्रकारहरुलाई भाडामा लगि आफू चोखो रहेको अन्तार्वाता सामाजिक सञ्जालमा प्रकाशन गर्न लगाए ।
अन्तर्वाताको क्रममा आफूले शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारको क्षेत्रमा ऐतिहासिक काम गरेको दाबी गरेका छन् । जब पालिकाभित्रको शिक्षाको अवस्था हर्ने हो भने दया लागेर आउँछ । वडा नं. १ भरललिया टोलमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय भरवलियाको अवस्था दयनीय छ । कक्षा १ देखि ५ सम्म संचालन हुने विद्यालयमा बढिमा २० जना विद्यार्थीहरु अध्ययन गर्न जान्छन् तर शिक्षक भने आधा दर्जन छन् । यो त उदाहारण मात्रै हो, यस्ता थुप्रै विद्यालयहरु छन्, जहाँ विद्यार्थी छैनन्, मात्रै शिक्षक छन् । कक्षा ५ मा पढ्ने विद्यार्थीहरुलाई राम्ररी पढ्न आउँदैन तर अध्यक्षले कार्यालयमा बसेर ठूलाठला गफ चुट्दै आएका छन् ।
शिक्षा क्षेत्रमा क्वालिटि दिएको, जनशक्ति पुरा गरेको भन्दै ठूलठूला गफ दिने मेयरले कुन क्वालिटिको शिक्षा दिदैछन्, कि पालिकाका विद्यार्थीहरु नै सरकारी विद्यालयमा जान मान्दैन । पालिकाका गरिब, निमुखा, विपन्न परिवारका बालबालिकाहरु मात्रै विद्यालय जाने गरेको छन् र तिनीहरुको नाममा अध्यक्षले भजाउँदै बजेट सक्याउँने गरेका छन् । यस्ता गुणस्तरीय शिक्षाले ति बालबालिकाहरु भोलिका दिनमा के प्रगति गर्छन् त्यो चिन्ताको विषय हो ? शिक्षक भर्ना गरेका छौ दाबी गर्ने अध्यक्ष अन्सारीसँग त्यो शिक्षक कुन नियम कानूनले भर्ना गरिएको छ ? त्यसको ठोस प्रमाण छैन । भर्ना भएका अधिकाँश शिक्षक मेयरकै आसेपासेका रहेको स्थानीयहरुको भनाई छ ।
भौतिक पूर्वाधारको विकास हर्ने हो भने संघीय सरकारले निर्माण गरेको नहरको पक्की सडक बाहेक अन्य कुनै पक्की सडक पाउँदैन । कुनै कुनै वडामा छिटफुट रुपमा सडक ढलान पाउँछ । त्यो पनि पहिलाकै अध्यक्षको पालामा निर्माण गरिएको सडक, नालाहरु हुन् । यिनले त कमिशनको लागि ठूलठूला योजनाहरुलाई टुक्रा टुक्रा पारि आफ्नो आसेपासेको चिनजानको फर्महरुसँग कोटेशन मागी गोप्य रुपमा योजना दिने गरेका छन् ।
विपक्षी पार्टीका नेताहरुले आफूमाथि आरोप प्रत्यारोप लगाउने गरेको भन्ने अध्यक्ष अन्सारीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार क्षेत्रमा पालिकाभित्र सुईको समेत हल्लाउन सकेका छैनन्, बरु आफूले करोडौं जोडेका छन् । आफ्नो निजी गाडीमा आफै चढेर लाखौं भाडा असुलेका छन्, विभिन्न योजनामा अधिकृतलाई प्रयोग गरि कमिशन असेलका छन् । यिनले आफ्नो १० महिनेको कार्यकालमा गरेका एतिहासिक कार्य यही नै रहेको स्थानीयहरुको भनाई छ ।
भौतिक पूर्वाधारको अवस्था हेर्ने हो भने पनि दया लागेर आउँछ । पालिकाभित्रका अधिकाँश सडकहरु कच्ची छन् । जताततै खाल्डाखुल्डी, हिलाम्मे सडक पाउँछ । यहाँसम्म कि नहरको बाटोदेखि पालिकाको कार्यालयसम्म पुग्ने जम्मा डेढ सय मिटर सडक पक्की छैन भने अन्य ठाउँको के आश गर्ने ? त्यो पनि कमिशनको सेटिङ्ग नमिलेपछि बन्न नसकेको स्थानीयहरुको भनाई छ । अध्यक्ष अन्सारी निर्वाचित भएदेखि वडा नं. १ टोलमा एक पटक पनि मुख देखाउन पुगेका छैनन् ।
आफू अगाडि माइक पाउने वित्तिकै गफ छाड्न माहिर अध्यक्षको कार्यशैलीले पालिकाका जनताले अनावश्यक दुःख खेप्न बाध्य छन् । सडक, नाला, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्र लथालिंग भताभुङ्ग अवस्थामा छ तर अध्यक्ष फेसबुकिया, युटुबरहरुलाई बोलाएर अन्तर्वातामाथि अन्तर्वाता दिदै आएका छन् । उनले बाटो निर्माणमा आफूले धेरै मेहनत गरेको, कृषि क्षेत्रमा धेरै मेहनत गरेको भनेर चोखो बन्न खोज्ने अध्यक्षले खासमा भौतिक पूर्वाधार, कृषि विकास, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा के कस्ता कार्यहरु गरेका छन्, बुंदागत रुपमा पालिकाका जनतासमक्ष भन्नुपर्ने हो तर खाली गफ चुट्दै आफू एकदम इमान्दार भएको देखाउन खोजेका छन् ।
बजेट अभाव छ, जनता मारमा छन् आफै भन्ने अध्यक्षले आ.व. २०७९/०८० को बजेटमा के कस्ता कार्यहरु गरेका छन्, विस्तृत रुपमा सार्वजनिक गर्नुपर्ने हो नि ! जनताले एक पटक मौका दिएका हुन्, उनमाथि विश्वास गरेर जनप्रतिनिधि चुनेका हुन्, तर उनले जनताको मतलाई लत्याउँदै भ्रष्टाचारमा लिप्त छन् । पालिकामा एतिहासिक काम भएको दाबी गर्ने अध्यक्ष अन्सारीले कुन एतिहासिक काम गरेका छन्, त्यो स्पष्ट देखाउन सकेनन् । वीरगंज टाईम्स
प्रतिक्रिया