श्रेणी : धर्म संस्कृति
वीरगंज । बाराको फेटा गाउँपालिकाले शुक्रवार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको वडा नं. १ त्रिवेणिमा रहेको त्रिवेणिधाम र खैरातिमाई मन्दिरमा लाग्ने मेलाको अवसरमा एक दिन बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले बिहीबार एक सूचना जारी गर्दै गाउँपालिकाको वडा नं. १ त्रिवेणिमा रहेको त्रिवेणिधाम र खैरातिमाई मन्दिरमा मिति २०८१ मङ्सिर ३० गते शुक्रवारका दिन कार्तिक शुक्लपुर्णिमाका दिन पूर्णिमा स्नान गरी खैरातिमाई मन्दिरमा पूजापाठ गर्ने र ५ दिन सम्म मेला समेत लाग्ने भएकोले एक दिन सार्वजनिक बिदा दिइएको जनाएका छन् ।
अध्यक्ष अन्सारीद्वारा जारी सूचनामा गाउँपालिकाको निर्णय अनुसार फेटा गाउँपालिका, यस अन्तर्गतका सबै वडा कार्यालयहरू र सार्वजनिक निकाय लगायतका कार्यालयहरूमा मिति २०८१/०७/३० गते सार्वजनिक बिदा दिइएको ब्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिएको छ ।
प्रतिक्रिया