वीरगन्ज :

फेक आईडीबाट भ्रामक सूचना सम्प्रेषण गरे ५ वर्षसम्म कैद र १५ लाख जरिवाना

श्रेणी : अपराध

12 months
Pradeep Sah
1.9kViews
1821 Shares

काठमाडौं,१५ माघ । सामाजिक सञ्जालमा फेक आईडी, पेज वा समूह बनाएर कसैको विषयमा भ्रामक सूचना सम्प्रेषण गरेमा ५ वर्षसम्म कैद र १५ लाख रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव गरिएको छ। राष्ट्रिय सभामा दर्ताका लागि पेस भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयकमा यस्तो व्यवस्था समावेश गरिएको हो।

फेक आईडी सञ्चालनमा कडा सजाय विधेयकको दफा २७ मा सामाजिक सञ्जालमा बेनामी वा छद्मभेषी पहिचान बनाउन वा प्रयोग गर्न नहुने व्यवस्था गरिएको छ।”फेक आईडी, पेज वा समूह बनाएर सामग्री उत्पादन, सेयर वा कमेन्ट गरेमा तीन महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ,”* उपदफा २ मा उल्लेख छ। राष्ट्रिय हितविपरीत भ्रामक सूचनामा थप कारबाही
उपदफा ३ अनुसार छद्मभेषी अकाउन्ट वा समूह बनाएर राष्ट्रिय हित प्रतिकूल हुने वा गलत सूचना सम्प्रेषण गरेमा पाँच वर्षसम्म कैद र १५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।

दुरुत्साहन र पुनरावृत्तिका लागि कडा सजाय सामाजिक सञ्जालको प्रयोग गरी कसूर गर्न दुरुत्साहन गरेमा प्रचलित कानून बमोजिम सजायमा एक वर्ष थप हुनेछ। एकै प्रकारको कसूर दोहोर्याएमा सजाय दोब्बर हुने व्यवस्था छ। सार्वजनिक पद धारण गरेको वा राज्य कोषबाट सुविधा लिएको व्यक्तिले कसूर गरेमा ५० प्रतिशत थप सजायको प्रावधान गरिएको छ।
बालबालिकाको प्रयोगमा कडा सजाय
बालबालिकालाई प्रयोग गरी कसूर गरेमा एक वर्ष थप कैद सजाय हुने प्रस्ताव विधेयकमा गरिएको छ। सरकारले सामाजिक सञ्जालमा असुरक्षित र गैरजिम्मेवार क्रियाकलाप नियन्त्रण गर्न कडा कानूनी व्यवस्था आवश्यक रहेको बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *