वीरगन्ज :

फुटबलका खेलाडीहरुलाई जर्सी वितरण

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.2kViews
1888 Shares

वीरगंज । वीरगंजमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी हुन लागेको लक्ष्मणवा युवा क्लबका खेलाडीहरुलाई जर्सी सहितको समाग्री वितरण गरिएको छ ।

बुधबार एक कार्यक्रमका बिच उनीहरूलाई खेल मैदानमा प्रवेश गर्नु अगाडि लक्ष्मणवा युवा क्लबका अध्यक्ष मानदेव हजाराको पहलमा जर्सी सहितको समाग्री वितरण गरिएको हो । नेकपा एमालेका नेता समेत रहेका हजाराले खेलकुद बिकास गर्नका लागि खेलाडीलाई सहयोग स्वरुप समाग्री वितरण गरिएको बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका उनले जिल्लामा १२ बर्षपछी भएको जिल्ला लिग प्रतियोगितामा सहभागी हुन लागेको टिमले राम्रो नतिजा ल्याउने वताए । जर्सी वितरण कार्यक्रममा नेपाल खेलकुद महासंघ पर्साका सचिव सन्दीप बस्नेत र नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादवले पनि सहभागी थिए ।

पर्सा जिल्ला फुटबल संघ पर्साको आयोजनामा गएको जेठ १२ गतेदेखि सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगिता अगामी जेठ २६ गते सम्म सञ्चालन हुनेछ । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *