
श्रेणी : अन्तर्राष्ट्रिय
अकल्यान्डमा फिफा महिला विश्वकप सुरु हुनुभन्दा केही घण्टाअघि भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शहरको मुख्य व्यापारिक क्षेत्रस्थित एक निर्माणस्थलमा भएको घटनापछि बन्दुकधारीको पनि मृत्यु भएको छ ।
त्यहाँका प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त आक्रमणलाई आतङ्कवादी गतिविधिका रूपमा नहेरिएको बताएका छन्। घटनाले विश्वकपमा पनि कुनै असर नपारेको र प्रतियोगिता योजनाअनुसार नै अघि बढ्ने उनले बताए ।
आक्रमणको कुनै राजनीतिक वा वैचारिक कारण पत्ता नलागेको प्रधानमन्त्री बताए । उनका अनुसार बन्दुकधारीले पम्प–एक्सन शटगन बन्दुक बोकेका थिए। अकल्यान्डका मेयर वेन ब्राउनका अनुसार फिफाका सबै कर्मचारी र फुटबल टोलीहरूको अवस्थाबारे जानकारी लिइएको छ र उनीहरू सुरक्षित छन्। यसअघि उनले मानिसहरूलाई घरमै बस्न र शहरमा यात्रा नगर्न आग्रह गरेका थिए।


प्रतिक्रिया