वीरगन्ज :

फास्ट ट्र्याकको समस्यामा अब ढिलाइ हुँदैन: मन्त्री दाहाल

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.5kViews
1223 Shares

बारा,१३ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा देखिएका चुनौतीहरूको समाधानमा सरकारले तुरुन्त ध्यान दिने बताएका छन्।

शनिबार खोकनादेखि बुङ्मती हुँदै फसिडोलसम्मको निरीक्षणका क्रममा मन्त्री दाहालले फास्ट ट्र्याकलाई काठमाडौं र तराई जोड्ने महत्वपूर्ण “लाईफलाइन”का रूपमा व्याख्या गर्दै निर्माण प्रक्रिया लम्बिन नदिने प्रतिबद्धता जनाए।

“प्रस्थान विन्दु निर्धारणको विषयमा केही चुनौती देखिएका छन्। तर, यी समस्यालाई लम्ब्याउने होइन, समाधानका लागि सबै पक्षले विकल्प खोज्नुपर्छ,” मन्त्री दाहालले भने।

उनले फास्ट ट्र्याकको निर्माणका क्रममा धार्मिक, सांस्कृतिक, र परम्परागत मान्यता एवं आस्थाहरूको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। “कसैको आस्थामा आघात पुर्‍याउने कार्य हुन दिनु हुँदैन। संरक्षण गर्दै निकास निकाल्नुपर्छ,” उनले थपे।

मन्त्री दाहालले द्रुतमार्गले सर्वसाधारणको आवतजावत सहज बनाउने मात्र नभई नेपालको वैदेशिक व्यापारलाई समेत प्रवर्द्धन गर्दै समृद्ध नेपालको निर्माणमा टेवा पुर्‍याउने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *