२०८२ बैशाख २, मंगलबार

वीरगन्ज :
१७:१४:३०

फागुन २८ अगावै गर्ने गरि राष्ट्रपति निर्वाचनको मिति घोषणा गरियोस्ः उपसभापति खड्का

श्रेणी : BANNER

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । आइतबार सामाजिक संजालमार्फत उपसभापति खड्काले अहिले यस बिषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संबैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुने बताएका हुन् ।

उनले भनेका छन्, ‘दायाँबायाँ नसोची,नहेरी ! निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरि राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस बिषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ । यसतर्फ बेलैमा ध्यान जाओस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *