वीरगन्ज :

फागुन २१ गते निर्वाचन: ११४ दल प्रत्यक्षमा दर्ता, १०० मात्र समानुपातिकमा सहभागी

श्रेणी : BANNER

4 weeks
Pradeep Sah
2.9kViews
1513 Shares

काठमाडौं,०१ पुस । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अपनाएको छ, जसअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेको छ। सो निर्वाचनमा मतदाताले प्रत्यक्ष र समानुपातिक गरी दुई वटा मतपत्र प्रयोग गरी मतदान गर्नेछन्। सामान्यतया राजनीतिक दलहरू दुवै प्रणालीमा सहभागी हुने भए पनि केही दलले भने प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्र भाग लिएको देखिएको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन १०० राजनीतिक दलले दर्ता गराएका छन्। ती दलहरूका लागि ९३ वटा निर्वाचन चिन्ह उपलब्ध गराइएको छ। यस्तै, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने कूल ११४ राजनीतिक दल दर्ता भएका छन्।

आयोगले तोकेको मापदण्ड पूरा गरी निर्वाचन प्रयोजनका लागि १०२ राजनीतिक दल दर्ता भएका छन् भने राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार एकल निर्वाचन चिन्ह लिएर १२ राजनीतिक दल दर्ता भएका छन्।

आयोगका अनुसार राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी, राष्ट्रिय समुन्नति पार्टीलगायत १४ राजनीतिक दल प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्र सहभागी हुनेछन्। यी दलहरू समानुपातिक निर्वाचन प्रणालीमा भने सहभागी नहुने निर्वाचन आयोगले जनाएको छ।

समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत तथा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार केही राजनीतिक दलहरूले अर्को दलको निर्वाचन चिन्ह प्रयोग गरी समानुपातिकतर्फ भाग लिने भएकाले छुट्टै दल दर्ता नगरेको स्पष्ट पारेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *