वीरगन्ज :

फरार सांसद माया राई आफ्नै निवासबाट पक्राउ

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.3kViews
1229 Shares

काठमाडौं,१४ वैशाख । नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य माया राईलाई शनिबार राति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको छ। उनी स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा रकम अपचलन प्रकरणमा लामो समयदेखि फरार थिइन्।

अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा उनलाई पक्राउ गरेको हो। राई सो सहकारीको सञ्चालक समितिमा रहेर सहसचिवको जिम्मेवारी सम्हालिरहेकी थिइन्।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीमा करोडौँ रकम अपचलन भएको आरोपमा यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ।

पूर्वगृहमन्त्री लामिछानेलाई यसै प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

माया राईको पक्राउसँगै सहकारी ठगी प्रकरण थप चर्किएको छ। प्रहरीले अहिले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *