वीरगन्ज :

फरार नेता यादवको विवादास्पद भिडियो : भारतसँग शरण माग्दै मधेश अलग गर्ने अभिव्यक्ति

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.4kViews
1611 Shares

जनकपुर,२३ असार । प्रहरीको खोजीमा रहेका जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले अज्ञात स्थानबाट भिडियो सार्वजनिक गर्दै भारतसँग शरण मागेका छन्। हिन्दी भाषामा जारी भिडियोमा यादवले नेपालमा मधेशीमाथि दमन र विभेद जारी रहेको दाबी गर्दै ‘मधेश अलग भएरै छाड्ने’ विवादास्पद अभिव्यक्ति दिएका छन्।

भारतको बिहार सरकारसँग सहयोगको याचना गर्दै यादवले नेपाल प्रहरीले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गर्न खोजेको आरोप लगाए। उनले भने, “यो राजनीतिक मुद्दा हो। म बिहार सरकार र भारत सरकारसँग आग्रह गर्छु, नेपालको प्रहरीलाई यसमा कुनै सहयोग नगर्नुहोस्।”

यादवले मधेशमा विगतदेखि नागरिकताका मुद्दा लगायतका विषयमा राज्यले दमन गर्दै आएको र त्यसविरुद्ध आफू आन्दोलनमा सक्रिय रहेको जिकिर गरेका छन्। उनले जनताको समर्थनका कारण मधेशमा सरकार बनेको तर अहिले पनि मधेशीहरू दोस्रो दर्जाका नागरिकको व्यवहार खेपिरहेका बताए।

सर्लाहीका एसपी र डीएसपीले आफन्तका घरमा छापा मारेको र आफूलाई पक्राउ गर्न दवाब दिएको आरोप लगाउँदै यादवले भने, “नेपालका प्रहरी अधिकारीहरू नश्लीय भेदभाव गर्ने हुन्। भारतले हाम्रो आन्दोलनमा सहयोग गर्नुपर्छ।”

एसपीसँगको विवादबारे भिडियोमा यादवले भने, “राति प्रहरी कार्यालय खोलेर कमिसन उठाएको खबर आएपछि म कुरा गर्न पुगेको थिएँ। तर एसपीले मलाई गाली गरे, त्यसपछि मेरो मुखबाट पनि केही शब्द निस्किए।”

भिडियोको अन्त्यमा यादवले खसवादी सोचका कारण मधेशीहरू शोषित र दमनमा परेको भन्दै, “आज नभए भोलि मधेश अलग हुन्छ। म रहूँ या नरहूँ, मधेशको अर्को पुस्ताले यो काम गर्छ,” भन्दै पृथकतावादी चेतना अभिव्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *