वीरगन्ज, ११ फागुन । महोत्तरीको बर्दीवासमा सम्पन्न प्रेस सेन्टर नेपाल मधेस प्रदेशको पाँचौं अधिवेशनले नीरज पिठाकोटे मगरको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा गोपाल गुप्ता (सप्तरी), उपाध्यक्षमा रामएकबाल महरा (धनुषा), महासचिवमा जिवछ यादव उदासी (सिराहा), सचिवहरूमा रमेश साह (बारा), ओम किशोर चौधरी (रौतहट), रंजित पाण्डे (पर्सा), दिपेन्द्र यादव (सप्तरी) र कोषाध्यक्षमा निरन्जन साह (महोत्तरी) चयन भएका छन् ।
अन्य निर्वाचित सदस्यहरूमा विष्णु गुप्ता, इशारा लामा, रामनारायण ठाकुर, अनुभक्त चौधरी, भरत सोनार, सब्दर हुसैन शाह, महेन्द्र मण्डल, प्रतिभा झा, सन्तोष कुमार लामा, सुमन लामा, उमेश धलान, मुकेश कुमार महतो र महेन्द्र सहनी रहेका छन् ।
महिला उपाध्यक्षसहित केही पदहरू रिक्त रहेको हुँदा आगामी बैठकमा पदपूर्ति गरिने अध्यक्ष पिठाकोटे मगरले जानकारी दिए।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि मधेस प्रदेशका इन्चार्ज कमरेड मात्रिका यादव थिए। साथै, प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरी, मधेस प्रदेशसभामा माओवादी संसदीय दलका नेता भरत प्रसाद साह, महोत्तरी इन्चार्ज राजु खड्का, केन्द्रीय सदस्य प्रकाश पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रदेश अध्यक्ष श्याम बञ्जारालगायतले शुभकामना व्यक्त गरेका थिए ।
यस अवसरमा प्रदेश महासचिव तथा संगठनका केन्द्रीय सचिव शैलेन्द्र महतो क्रान्ति, महासंघका केन्द्रीय सदस्य तथा संगठनका सचिव राजु विश्वकर्मा, केन्द्रीय सल्लाहकार देवराम यादव, प्रदेश पदाधिकारी तथा जिल्लाका अध्यक्षहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया