वीरगन्ज :

प्रेस चौतारी पर्साको जिल्ला भेलामा उम्मेदवारको पत्रकारसँग आत्मीय भेटघाट

श्रेणी : BANNER

1 week
Pradeep Sah
2.6kViews
1329 Shares

वीरगंज, २० माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार तथा नेकपा (एमाले)का नेता प्रदीप यादवले पत्रकारहरूसँग संवाद गर्दै लोकतन्त्र सुदृढ बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । प्रेस चौतारी नेपाल, पर्सा शाखाद्वारा आयोजित जिल्ला भेलामा सहभागी हुँदै उनले पत्रकारहरूसँग आत्मीय भेटघाट र विचार आदान–प्रदान गरेका हुन् ।

वीरगञ्जस्थित टाउन हलमा आयोजित कार्यक्रममा यादवले पत्रकारिता समाजलाई सही दिशातर्फ मार्गदर्शन गर्ने शक्तिशाली माध्यम भएको उल्लेख गरे । सत्य र तथ्यमा आधारित समाचारले जनताको आवाजलाई उजागर गर्ने भएकाले स्वतन्त्र र जिम्मेवार पत्रकारिता आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रमका क्रममा पत्रकारहरूले स्थानीय समस्या, राजनीतिक गतिविधि र जनअपेक्षासँग सम्बन्धित विभिन्न विषय उठाएका थिए । पत्रकारहरूबाट प्राप्त सुझाव, चिन्ता र अपेक्षाले आफूलाई जनताको विश्वास अझ मजबुत बनाउन प्रेरित गरेको यादवले बताए ।

उनले जनताको अधिकार, लोकतान्त्रिक मूल्य र सुशासन कायम गर्न सञ्चारकर्मी र राजनीतिक नेतृत्वबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । विकास र समृद्धिको यात्रामा सबै क्षेत्रको सहकार्य अपरिहार्य हुने उल्लेख गर्दै उनले साझा प्रयासबाट मात्र सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गर्दै यादवले आगामी दिनमा पनि जनहितका मुद्दामा सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *