
श्रेणी : मधेस
बारा,१३ माघ । समाजवादी प्रेस संगठन परित्याग गरी प्रेस चौतारी नेपालमा पुनः फर्किनुभएका नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीलाई प्रेस चौतारी नेपाल बाराले एक विशेष कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ।
नेपाल पत्रकार महासंघ बाराको सभाहलमा आयोजित जिल्ला भेलामा चौतारीले सुवेदीलाई स्वागत गरेको हो। सुवेदीले गत हप्ता समाजवादी प्रेस संगठन परित्याग गरी आफ्नो पुरानो संगठन प्रेस चौतारी नेपालमा पुनः प्रवेश गर्ने घोषणा गर्नुभएको थियो।
अध्यक्ष सुवेदीलाई नेकपा एमालेका मधेस प्रदेश सचिव मनोज पौडेल, नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डे, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, चौतारी बारा जिल्ला इन्चार्ज अच्युत पौडेललगायतले स्वागत गर्नुभएको हो।
यस अवसरमा प्रेस चौतारी नेपालले हालै सम्पन्न निर्वाचनमा नेपाल पत्रकार महासंघका विभिन्न तहमा निर्वाचित पदाधिकारी र सदस्यलाई समेत सम्मान गरेको छ।
सम्मानित हुनेमा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल गौरव, मधेस प्रदेश सदस्य प्रकाश श्रेष्ठ, बृजमोहन कुशवाहा, जियालाल चौधरी, सविता अर्याल, बारा उपाध्यक्ष पन्नालाल दास, सचिव पुष्पराज खतिवडा, सहसचिव इन्दीप कोईराला, सहसचिव दुष्यन्त चौधरी, र सदस्यहरू जिउतप्रसाद यादव, प्रल्हाद तिमिल्सिना, नविन चौधरी, धिरेन्द्र तिवारी, तुलसा घिमिरे रहेका छन्।
त्यस्तै, केन्द्रीय परिषद सदस्य गोकुल घोरसाइने, कमलकुमार उपाध्याय, लक्ष्मी साह, प्रदेश परिषद सदस्य भोलानाथ पौडेल, श्याम गुप्ता, मनोज साह, सिकिन्द्र साह, र लक्ष्मी पाण्डेलाई पनि सम्मान गरिएको छ।
कार्यक्रममा प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डे, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, केन्द्रीय सदस्य अच्युत पौडेल, प्रदेश उपाध्यक्ष अनिल तिवारी, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल गौरव, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, र उपाध्यक्ष पन्नालाल दासले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको सहजीकरण प्रेस चौतारी नेपाल बाराकी उपाध्यक्ष निलिसा बर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य तुलसा घिमिरेले राख्नुभएको थियो।
शुक्रबार बसेको प्रेस चौतारी नेपाल बाराको कार्यसमितिको बैठकले छैठौं जिल्ला अधिवेशन माघ २६ गते निजगढमा गर्ने निर्णय गरेको छ। अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा बसेको बैठकले अधिवेशनका लागि विभिन्न उपसमिति गठन गरेको छ। अधिवेशन निजगढ–४ स्थित शहीद हिरालाल स्मृति पार्कमा आयोजना हुनेछ।
बैठकले “वीरेन्द्र साह स्मृति क्रियाशील पत्रकारिता पुरस्कार” वितरणका लागि जिल्ला अध्यक्ष भण्डारीको नेतृत्वमा छनोट समिति गठन गरेको जानकारीसमेत दिएको छ।

प्रतिक्रिया