
श्रेणी : BANNER
काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश मनोज शर्माको एकल इजलासले मुद्दा फिर्ता लिने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । उ
नले आफूमाथि कुटपिट गर्नेहरुमाथि जिल्ला अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने निर्णय विरुद्ध रिट दायर गरेका थिए । नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले चलाउनेमाथि आक्रमण गरेका थिए।
उक्त आक्रमणमाथि अनुसन्धान गर्दै सरकारले जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा असार ५ गते फैसलाका लागि पेसी तोकिएको थियो । तर सरकारले त्यसको अघिल्लो दिन मुद्दा फिर्ता लिने निवेदन जिल्ला अदालतमा दर्ता गराएको थियो।

प्रतिक्रिया