वीरगन्ज :

प्रेम चलाउनेलाई आक्रमण गर्नेलाई कारबाही गर्न सांसद परियारको माग

श्रेणी : BANNER

2 years
birgunj report
26Views
0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद सन्तोष परियारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेलाई कारबाही नगरी त्यत्तिकै छाडिएकोमा आपत्ति जनाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद परियारले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडकलाई दण्डित गर्न सरकारसँग माग गरेका हुन् । उनले कुटपिट गर्नेलाई कारबाही गर्नुको सट्टा उनीहरुमाथि लगाइएको मुद्दा समेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको बताए ।

उनले भने, ‘न्यायलाई मर्न नदिऊँ । न्याय पनि मर्यो भने हाम्रो आशा रहँदैन । विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुण्डागर्दी शैलीमा मरणासन्न हुने गरी कुट्नेहरुलाई नछोडौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *