वीरगन्ज :

प्रेमिकाको धोका सहन नसकेर पुरुषद्वारा आत्मदाह प्रयास

प्रेमिकाको धोका सहन नसकेर पुरुषद्वारा आत्मदाह प्रयास

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.7kViews
1824 Shares

मोरङ, उर्लाबारी – प्रेमिकाले धोका दिएको आरोप लगाउँदै मोरङको उर्लाबारी नगरपालिका–६ मा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका छन्। झापाको दमक नगरपालिका–७ का ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएका हुन्।

उर्लाबारी नगरपालिका–६ स्थित अन्नपूर्ण खाजा घरमा गएर उनले आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले बताए । थापाको विराट टिचिङ अस्पतालमा उपचार हुँदैछ ।

अन्नपूर्ण खाजा घर झापाको दमक नगरपालिका–३ घर भएकी २८ वर्षीय इन्द्र लिम्बुले सञ्चालन गरेकी हुन् । इन्द्रले आफूलाई धोक दिएको विनोदको आरोप छ । उनीहरू दुवैजना विवाहित हुन् ।

प्रहरीले इन्द्रलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *