श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्राध्यापक कुट्नेको मुद्दा सरकारले फिर्ता लिनुजस्तो नराम्रो काम अरु हुनै नसक्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सव समारोहमा अध्यक्ष ओलीले प्राध्यापक कुट्नेहरुको संरक्षण गर्ने सरकारको काम खेदजनक रहेको बताएका हुन् ।
अध्यक्ष ओलीले यस घटनाले कुट्ने संस्कृतिको विकास गर्न सरकार नै लागिपरेका स्पष्ट भएको बताए । उनले भने, ‘अहिले गुरु कुट्ने संस्कृतिको विकास भएको छ । विद्यार्थीले गुरुको ढाड खुस्क्याउँछ। करङ भाँचिदिन्छ । सरकार त्यस्ताहरुलाई प्रोत्साहन दिएर मुद्दा फिर्ता गर्छ । यो जस्तो नराम्रो काम अरु हुनै सक्दैन ।’
अध्यक्ष ओलीले व्यक्तिका लागि उपयोगी हुने शिक्षा अपनाउनुपर्ने बताए । उनले भने,’हामीले हाम्रो शिक्षा व्यक्तिका लागि, समाज र देशका लागि जीवन उपयोगी हुने दिनुपर्छ।’
प्रतिक्रिया