
श्रेणी : मधेस

वीरगन्ज, पर्सा
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल माल्ललाई फुलको माला लगाई एक कार्यक्रमका बिच बिदाई गरिएको छ।
वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको अध्यक्षतामा तथा ग्रीन सिटि सामुदायिक सेवा केन्द्रको आयोजनामा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल माल्ललाइ फुलको माला लगाई बिदाई गरिए छ ।
बिदाइ कार्यक्रममा उप-प्रमुख इम्तियाज आलमले मन्तव्यको क्रममा प्रहरी निरीक्षक विशाल मल्लले गरेको कार्य हामी वीरगन्जवासी कहिले बिर्सिन सक्दैन। यहाँले गरेको कार्यबाट आउने प्रहरी निरीक्षकहरुको लागि प्रेरणाको स्रोत हुनेछ । यहाँको कार्यकालमा अहिलेसम्म कुनै किसिमको गुनासो कहिबाट सुन्न पाईएको छैन र आउने दिनमा हाम्रो शुभकामना छ कि बढुवा भएर फ़ेरि हाम्रो वीरगन्जमा आउनु हुन्छ र वीरगन्जवासीको सम्बन्ध कहिले पनि छुट्ने छैन जस्ता मन्तव्य राख्नु भएको थियो।
उक्त कार्यक्रममा स्थानीय युवा तथा बिभिन्न संघ संस्थाको प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।


प्रतिक्रिया