वीरगन्ज :

प्रहरी नायब निरीक्षक यादव ‘उत्कृष्ट अनुसन्धानकर्ता’ प्रहरीको रुपमा पुरस्कृत

श्रेणी : मधेस

2 months
Pradeep Sah
1.6kViews
1359 Shares

वीरगंज (पर्सा), २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक सुभाष यादव ‘उत्कृष्ट अनुसन्धानकर्ता’ प्रहरीको रुपमा पुरस्कृत भएका छन् । ६९ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच प्रहरी नायब निरीक्षक यादवलाई ‘उत्कृष्ट महिला बालबालिका सम्बन्धी अपराध अनुसन्धानकर्ता’ प्रहरी पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

यादवलाई प्रदान गरिएको सम्मानपत्रमा ‘राष्ट्र र नागरिकको सेवामा समर्पित “सत्य सेवा सुरक्षणम्” को आदर्श वाक्यलाई आत्मसात गरी नेपाल प्रहरीको जिम्मेवारी भित्र पर्ने महिला बालबालिका सम्बन्धी अपराधको वस्तुनिष्ट, वैज्ञानिक र प्रभावकारी अनुसन्धान गरी अतुलनीय योगदान पुर्‍याउनु भएकोमा तपाईलाई ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा ‘उत्कृष्ट महिला बालबालिका सम्बन्धी अपराध अनुसन्धानकर्ता’ प्रहरी पुरस्कार प्रदान गरिएको छ’ भनेर उल्लेख गरिएको छ ।

प्रहरी नायब निरीक्षक यादव जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत रहँदा भारतीय सुरक्षाकर्मीसँग समन्वय गरि १५ जना बालिका उद्दार गरि अभिभावकलाई जिम्मा लगाएको, घरेलु हिंसा शत प्रतिशत बालबालिका हराएको तथा ठाडो उजुरीको विषयमा लैंगिक सम्वेदनशील रही कार्य सम्झौताको लक्ष्य अनुसार कार्य सम्पादन गरेको, १२ वर्ष बालिकालाई यौन दुरुपयोग गर्ने मुद्दाका प्रतिवादीलाई पक्राउ गरि दाखिला गरेको, १५ वर्षकी बालिकाको जबरजस्ती करणीको प्रतिवादीलाई पक्राउ गरि दाखिला गरेको, अपहरण तथा शरिर बन्धकका प्रतिवादीलाई पक्राउ गरि दाखिला गरेको, श्रीमतीलाई हसिँयाले घाँटी रेटेको र छोरीलाई दबिया टाउकोमा हानेकालाई पक्राउ गरि दाखिला गरेको, पूर्व माननीय रामचन्द्र रायको हत्याको अनुसन्धानमा सूचना संकलन गरेको र प्रतिवादीलाई पक्राउ गरि दाखिला गरेको साथै हत्याको छानविन तथा अनुसन्धान समितिमा रही कार्य गरेको जस्ता कामहरु गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले यादव सहित २२ जना प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरेको छ । विभागीय नीति निर्देशनलाई आत्मसाथ गर्दै अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, प्रहरी कार्य लगायत समग्र शान्ति सुरक्षा कायम गर्न अनुशासित, व्यवसायिक एवं कर्तव्यनिष्ठ रही विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने नेपाल प्रहरी प्रधान कार्यालय तथा मातहतमा कार्यरत २२ जना प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको हो ।

सम्मान हुने प्रहरी कर्मचारीहरुमा प्रहरी उपरीक्षक संजय सिंह थापा, प्रहरी नायब उपरीक्षक ईश्वर थापा, यम कुमार श्रेष्ठ, पुरुषोत्तम खड्का, प्रहरी निरीक्षक जितेश दाहाल, सत्रुधन कुमार महतो, प्रहरी बरिष्ठ नायब निरीक्षक सुमन थापा, राज कुमार श्रेष्ठ, ऋणिकेश सुवेदी, विजय महरा, सन्तोष लामा, प्रहरी नायब निरीक्षक महादेव भट्ट, जीवन कुमार कार्की, सुभाष यादव, प्रहरी सहायक निरीक्षक युवराज बस्नेत, रुपेश कुमार विष्ट, प्रहरी हवल्दार डोलराज ढकाल, दिपक सिंह, प्रहरी सहायक हवल्दार सुमन रायमाझी, प्रहरी जवान विमला चौधरी, दिपक भण्डारी, मिलन लामिछाने रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *