वीरगन्ज :

प्रहरी चेकजाँचको क्रममा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु

श्रेणी : BANNER

2 weeks
Pradeep Sah
2.2kViews
1246 Shares

विराटनगर,०५ भदौ । विराटनगरमा प्रहरी चेकजाँचको क्रममा भएको सडक दुर्घटनामा एक सामाजिक अभियन्ताको मृत्यु भएको छ।

सुनसरीको बर्जु गाउँपालिका–६ निवासी २८ वर्षीय पुष्पकुमार चौधरी आइतबार राति करिब ८:२० बजे मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको निधन भएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटना विराटनगर–४ दूधफारम चोकमा भएको हो। मोरङ जिल्ला प्रहरी कार्यालयको टोलीले ट्राफिक प्रहरीले सवारी चेकजाँच गरिरहेका बेला प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई रोकिएको थियो। त्यही बेला सोही दिशाबाट तीव्र गतीमा आएको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकको पछाडि ठोक्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

दुर्घटनापछि ट्रक चालक मोरङको बुढीगंगा गाउँपालिका–१ निवासी ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *