वीरगन्ज :

प्रहरी कार्यमा बाधा पुर्‍याउँदै अभद्र व्यवहार गर्ने युवक पक्राउ

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.2kViews
1824 Shares

बारा१० वैशाख । बाराको सिम्रौनगढ नगरपालिका–६, अमरपुर टोलमा प्रहरी कार्यमा बाधा पुर्‍याउँदै अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन्। प्रहरीले पक्राउ गरेका युवक सिम्रौनगढ–२ निवासी २५ वर्षीय भोला साह हुन्।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोली अमरपुरमा शंकास्पद गतिविधिको सूचना पाएर जाँच गर्न पुगेको थियो। सो क्रममा भोला साहले प्रहरीलाई गालीगलौज गर्दै असहयोग गरेको र मानसिक उत्तेजनाका साथ अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ।

प्रहरीले सार्वजनिक मर्यादा विपरीतको यस्तो व्यवहारले शान्ति सुरक्षामा असर पार्ने भएकाले उनलाई तत्काल नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले प्रारम्भिक अनुसन्धानपछि उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

प्रहरीले सबै नागरिकलाई शान्ति सुरक्षामा सहयोग गर्न, कानुनको पालना गर्न र सार्वजनिक स्थानमा मर्यादित व्यवहार गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *