वीरगन्ज :

प्रहरीलाई आपतकालीन तयारीका लागि बिदा रोक्न निर्देशन

श्रेणी : प्रदेश

17 hours
Pradeep Sah
1.8kViews
1045 Shares

काठमाडौं,१४ चैत । हालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी ले प्रहरी कर्मचारीहरूको बिदा तत्कालका लागि रोक्ने निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले शनिबार जारी गरेको परिपत्र अनुसार प्रसूति र किरिया बिदाबाहेक अन्य सबै प्रकारका बिदा नदिने र स्वीकृत नगर्ने व्यवस्था गरिएको छ।

निर्देशनमा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सबै प्रहरी युनिटहरूमा पूर्ण जनशक्ति परिचालन गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, बिदामा रहेका प्रहरी अधिकृतहरूलाई पनि अविलम्ब काममा फर्कन भनिएको छ।

पत्रमा सबै प्रदेश प्रहरी कार्यालय, ब्युरो, प्रशिक्षण प्रतिष्ठान तथा सम्बन्धित निकायलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

हाल देशका विभिन्न स्थानमा प्रदर्शन र तनावपूर्ण अवस्था देखिएपछि सुरक्षा व्यवस्थापन कडा बनाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *