वीरगन्ज :

प्रहरीमाथि हातपात र तोडफोड अभियोगमा दुई जना पक्राउ

श्रेणी : अपराध

2 months
Pradeep Sah
1.9kViews
1406 Shares

काठमाडौँ,२८ माघ । नियमित गस्तीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार र हातपात गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। माघ २४ गते काठमाडौँ महानगरपालिका–२६ ठमेलमा सम्झाई बुझाई गर्ने प्रयास गर्दा ती व्यक्तिहरूले प्रहरीमाथि हातपात गर्नुका साथै मोटरसाइकल तोडफोड गरेको प्रहरीको भनाइ छ।

ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई माघ २७ गते आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। उनीहरूलाई दरबारमार्ग प्रहरी वृत्तको हिरासतमा राखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *