वीरगन्ज :

प्रहरीको लाठीचार्जपछि एमाले कार्यकर्ता घाइते

श्रेणी : प्रदेश

17 hours
Pradeep Sah
2.0kViews
1810 Shares

काठमाडौं,१४ चैत । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा केही कार्यकर्ता घाइते भएका छन्।

माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शनकारीहरू सिंहदरबारतर्फ अघि बढ्ने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको हो। लाठीचार्जका क्रममा एमाले कार्यकर्ता युवराज ओली सहित केही नेता–कार्यकर्ता घाइते भएका छन्। घाइते युवराज ओलीको टाउकोमा चोट लागेको बताइएको छ।

उनीहरूलाई तत्काल नजिकैको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका लागि लगिएको छ। प्रदर्शन जारी रहेकाले उक्त क्षेत्र अहिले पनि तनावग्रस्त रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *