वीरगन्ज :

प्रहरीको गोली लागेर मृत्यु भएका परिवारलाई १ लाख २५ हजार सहयोग

श्रेणी : BANNER

11 months
Pradeep Sah
1.7kViews
1388 Shares

कलैया (बारा), ३ माघ । शिक्षकहरुको शान्तिपुणर् धारणा आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सिम्रौनगढका लक्ष्मी मुखिया बिनको परिवारलाई १ लाख २५ हजार भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्ण प्रसाद यादबले नगद आर्थिक सहयोग गरेका छन् । नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिका सभापति एवंम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णा प्रसाद यादवले सिम्रौनगढ नगरपालिका वडा नं १ निवासी लक्ष्मी मुखिया बिनको परिवारलाई १ लाख २५ हजार रुपैया सहयोग गरेका हुन् ।

भौतिक पूर्वाधार तथा विकास मन्त्री यादवले मधेश प्रदेश सरकारबाट थप ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् । आन्दोलनकारीसित भएको झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ नगरपालिका-१ का २५ वर्षीय युवक लक्ष्मी मुखिया बिनको मंसिर २७ गते मृत्यु भएको थियो ।

रकम सहयोग गर्ने बेला नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्र शेखर यादव प्रहरीको दम्भन बाट भएको निन्दनीय रहेकोे आरोप लगाए । बारा सिम्रौनगढ नगरपालिकाका पुर्व नगर प्रमुख विजय शंकर यादव लगायतको उपस्तिथि रहेको कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले बताए । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *