वीरगन्ज :

प्रहरीका ३० जना कर्मचारी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
3.0kViews
1098 Shares

काठमाडौँ, ११ पुस नेपाल प्रहरीका ३० जना कर्मचारी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालयले असोज महिनाबाट गैर हाजिर भएका र सम्पर्कमा नरहेका कर्मचारीहरूको सूची सार्वजनिक गर्दै ७ दिनको भित्र हाजिर हुन निर्देशन दिएको छ ।

गैर हाजिर भएका सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही, दाङका सुन्दर सेन र रामेछापका बुद्धिमान तामाङ समावेश छन्। सेन असोज ३० देखि र तामाङ असोज १६ देखि सम्पर्कविहीन छन्। अन्य २८ जनामा ५ जना प्राविधिक जवान, २२ जना प्रहरी जवान र १ जना कार्यालय सहयोगी छन् ।

प्रहरी प्रधान कार्यालयले यी कर्मचारीहरूले सात दिनको भित्र अनुपस्थिति बारे सन्तोषजनक स्पष्टीकरण नदिएका खण्डमा प्रहरी नियमावलीको अनुसार सेवा निष्कासन गरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *